आशा लघुवित्त र नेपाल हाइड्रो डेभलोपरको लाभांश घोषणा

काठमाडौं । आशा लघुवित्तको कात्तिक २८ गते बसेको सञ्चालक समिति बैठकले ९.५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.५ प्रतिशत नगद लाभांश गरी १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

त्यस्तै, नेपाल हाइड्रो डेभलोपरको कात्तिक २८ गते बसेको सञ्चालक समिति बैठकले ९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.४७ प्रतिशत नगद दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार