काठमाडौं । आइतबार सुनचाँदीको मुल्य घटेको छ । आइतबार सुनको मूल्य प्रतितोलामा ६ हजार ९ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आइतबार चाँदीको भाउ पनि तोलामा १५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २८५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार १३५ रुपैयाँ छ । असोज ३१ गते चाँदी प्रतितोला ३ हजार ३५० रुपैयाँ पुगेको छ, जुन हालसम्म कै उच्च हो ।

