काठमाडौं । यूनिभर्सल पावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमाससम्मको वित्तिय विवरण सावर्जनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा घटेको छ । यसको विद्युत बिक्री घटेपछि नाफा घटेको हो ।
चालु आवमा कम्पनिले ९ करोड ५३ लाख ५८ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ भने यो रकम अघिल्लो आवको तुलनामा २ करोड ९७ लाख १० हजार रुपैयाँ कम हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ५० लाख ६९ हजार रुपैयाँ बिक्री गरेको थियो ।
कम्पनीको नाफा भने चालु आवमा ५ करोड ३६ लाख रुपैयाँ रहेको छ यो रकम अघिल्लो आवको तुलनामा १ करोड १२ लाख १९ हजार रुपैयाँ कम हो । अघिल्लो आवमा कम्पनीको नाफा ७ करोड ४८ लाख १९ हजार रुपैयाँको नाफा थियो ।
कम्पनीको चुक्त पूँजी ४ अर्ब ५ करोड ९२ लाख १७ हजार रुपैयाँ रहेको छ । रिपोर्ट अनुसार कम्पनिको प्रतिसेयर आम्दानी ९.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ ११४.७६ रुपैयाँ रहेको छ ।

