काठमाडौं । सञ्चालनमा रहेका निर्जीवन बिमा कम्पनीहरुले चालु आर्थिक वर्षको असोजसम्म ठूलो नोक्सानी व्यहोरेका छन् । जेनजी आन्दोलनमा भएको क्षतिका कारण बिमा कम्पनीहरुले दाबी भुक्तानी ह्वातै बढेको हो । त्यसैले गर्दा सञ्चालनमा रहेका १४ कम्पनीमध्ये १२ वटाले खुद घाटा व्यहोरेका छन् । जसमध्ये प्रभु र नेसनल इन्सुरेन्सले मात्र नाफा आर्जन गरेका छन् । बाँकी कम्पनीहरु घाटामा छन् । ३ महिनामा १४ कम्पनीहरुले समग्रमा १ अर्ब ९५ करोड नोक्सानी व्यहोरेका छन् ।
तथ्यांक अनुसार, निर्जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी समग्रमा २८ अर्ब ११ करोड छ । त्यस्तै, रिटेन्ड अर्निङमा २ अर्ब ५७ करोड देखिएको छ । ६ वटा सञ्चित नोक्सानीमा छन् । त्यसैगरी, १४ कम्पनीहरुले ३ अर्ब ६५ करोड ४० लाख रुपैयाँ बिमा शुल्क संकलन गरेका छन् । यो गत वर्षको भन्दा १४.१३ प्रतिशत धेरै हो । यता, नाफासँगै प्रतिसेयर आम्दानी पनि ऋणात्मक छ ।
चुक्ता पुँजी कसको कति ?
निर्जीवन बिमामध्ये सबैभन्दा धेरै चुक्ता पुँजी आइजीआई प्रुडेन्सियलको देखिएको छ । यसको पुँजी ३ अर्ब २ करोड ९३ लाख रहेको छ ।
शिखरको २ अर्ब ९२ करोड, सिद्धार्थ प्रिमियरको २ अब ८० करोड र नेको इन्सुरेन्सको पुँजी २ अर्ब ६९ करोड छ । यता, राष्ट्रिय बिमा कम्पनीको रिटेन्ड अर्निङमा सबैभन्दा धेरै २ अर्ब ३७ करोड रुपैयाँ छ । ६ वटाको सञ्चित ऋणात्मक छ ।

बिमा शुल्क संकलन
बिमा कम्पनीहरुले ३ महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बिमा शुल्क संकल गरेका छन् । यो गत वर्ष भन्दा १४.१३ प्रतिशत धेरै हो । गत वर्षको असोजमा कम्पनीहरुले ३ अर्ब २० करोड बिमा शुल्क संकलन गरेका थिए । जसमध्ये, हिमालयन एभरेष्ट इन्सुरेन्सले ६२ करोड ४१ लाख, सगरमाथा लुम्बिनीले ६२ करोड ११ लाख बिमा शुल्क संकलन गरेका छन् ।

नाफा
१४ कम्पनीहरुमध्ये १२ वटाले चालु आवको ३ महिनामा खुद घाटा व्यहोरेका छन् । यसअवधिसम्म २ वटाले मात्र नाफा आर्जन गरेका छन् । प्रभु र नेसनल इन्सुरेन्सले मात्र खुद नाफा कमाएका छन् । बाँकी कम्पनीहरु घाटामा छन् ।

प्रतिसेयर आम्दानी
प्रभु इन्सुरेन्सको प्रतिसेयर आम्दानी १४.८५ रुपैयाँ छ । अरु कम्पनीहरुको उक्त आम्दानी ऋणात्मक छ ।


