काठमाडौं । शिवम् सिमेन्ट्स र लक्ष्मी सनराइज बैंकले लाभांश घोषणा गरेका छन् । यी कम्पनीहरुले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश दिने प्रस्ताव गरेका हुन् । जसमध्ये शिवम् सिमेन्ट्सले २.५० प्रतिशथ बोनस सेयर करसहित १० प्रतिशत नगद लाभांश गरी १२.५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्दैछ । साधारण सभा भने मंसिर २५ गतेलाई बोलाएको छ ।
त्यस्तै, लक्ष्मी सनराइजले भने १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ ।

