काठमाडौं । नेपाल टेलिकमले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्म १ अर्ब ३२ करोड नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७३ करोड नाफा कमाएको थियो । कम्पनीको सञ्चालन आम्दानी ८ अर्ब ६८ करोडबाट घटेर ८ अर्ब ६७ करोड रुपैयाँ कमाएको छ ।
कुल आम्दानी १० अर्ब ६ करोडबाट घटेर ९ अर्ब ४७ करोड कायम भएको छ । उक्त आम्दानी घटेसँगै नाफामा दबाब परेको हो । १८ अर्ब चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड रहेको छ । असोजसम्म आइपुग्दा कम्पनीको प्रतिसेयर आम्दानी २९.४५ रुपैयाँ छ । भने नेटवर्थ ५०५.७५ रुपैयाँ छ ।

