लक्ष्मी सनराइज बैंकको लाभांश घोषणा

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । यस बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर तिर्न ०.५३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई वितरण हुनेछ । यसअघि आव २०८०-८१ मा बैंकले सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार