वाणिज्य विभागद्वारा मूल्य निर्धारण मापदण्ड मस्यौदा तयार गर्न सुझाव माग

काठमाडौं । वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारणका लागि आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार, बजारको तह तथा वस्तु र सेवाको मूल्यको मापदण्ड निर्धारण गर्नका लागि अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशकको संयोजकत्वमा समिति गठन गरिएको विभागले स्मरण गराएको छ।

नागरिक तथा उपभोक्तासमेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्न सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ।

वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरुपता, पारदर्शिता र नियमन आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियमसमेतलाई दृष्टिगत गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा भएको विभागले स्पष्ट पारेको छ।

मूल्य निर्धारण मापदण्डका लागि स्पष्ट आधार तथा औचित्यसमेतलाई विचार गरी १५ दिनभित्र सुझाव दिन सम्बद्ध सबैलाई विभागले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार