०.३८ प्रतिशतले बढ्यो नेप्से परिसूचक

काठमाडौं । सोमबार नेप्से परिसूचक ०.३८ प्रतिशतले बढेको छ । बजार ९.७८ अंकले बढेर २५५०.३६ विन्दुमा पुगेर बन्द भएको छ । यस दिन ३३५ वटा कम्पनी ६१ हजार पटकको कारोबार हुँदा ८८ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।  कारोबार रकम भने ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ रहेको छ । आईतबार ३ अर्ब ८९ करोड ३९ लाख रुपैयाँको कारोबार भएको  थियो ।

यस दिन ११ वटा उपसमूह बढेको छन् भने २ वटा घटेको छ । बैंकिङ ०.१३ प्रतिशत, विकास बैंक १.५०, वित्त ०.५६, होटल्स तथा पर्यटन समूह १.०७, जलविद्युत ०.८८, लगानी ०.५३ जीवन बीमा ०.६४, उत्पादन र प्रशोधन ०.५३ , लघुवित्त ०.३४ , म्युअुचल फण्ड ०.१४ र व्यापार समूह ०.९   प्रतिशतले बढेको छ । निर्जीवन बीमा ०.०९ , अन्य समूह ०.४९ प्रतिशतले घटेका छन् ।

त्यसैगरी, यसदिन सर्वाधिक कमाउनेमा बन्दिपुर केबलकार , सागर डिस्टिलरी , बुङ्गल हाइड्रो, झापा इनर्जीको रहेका छन् । यी कम्पनीहरु १० प्रतिशतले बढेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार