शिवम् सिमेन्ट्सको साधारणसभा मंसिर २५ गते, बुक क्लोज कहिले?

काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कात्तिक ३० गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गते काठमाडौंको प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभा गृहमा बिहान साढे १० बजे दशौं वार्षिक साधारणसभा बस्ने निर्णय गरेको छ।

उक्त साधारणसभाले आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २.५० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गर्नेछ। यसका साथै गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी पारित गरिनेछ।

त्यसैगरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, कम्पनीका आधारभूत शेयरधनी तथा सञ्चालक वा कम्पनीसँग सम्बद्ध रहेको संस्थासँग गरेको कारोबार अनुमोदन गर्ने, १ जना सञ्चालकको नियुक्ति गर्ने र प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि समावेश गरिएको छ।

साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ कम्पनीले मंसिर ११ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा मंसिर १० गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कायम शेयरधनीहरू मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार