काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थुप्रिएको भन्दै लगानीको वातावरण तयार गर्न गर्न आग्रह गरेका छन् ।
राष्ट्रिय कर दिवसका अवसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकमा भएको रकम लगानी गर्न लगानीको वातावरण आवश्यक रहेको बताए । “एकातिर अहिले बैंकमा प्रशस्त रकम भएको अवस्था छ भने कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । जसले गर्दा आयोजनाहरको लागत बढेको अवस्था छ । यो अवस्थानमा अर्थतन्त्र चलायमान बनाउन लगानी बढाउन आवश्यक छ । त्यसको लागि लगानीको वातावरण तयार गर्नु पर्दछ । ” उनले भने ।
यस्तै उनले नियमनकारी निकायहरुले पनि प्रभावकारी ढंगले काम नर्गदा समस्या सिर्जना भएको उल्लेख गर्दै यस विषयमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनु भयो । “धितोपत्र बोर्डमा पदाधिकारी नहुँदा लामो समयसम्म कामहरु प्रभावित भए भने पछि पदाधिकारी आइसकेपछि पनि प्रभावकारी ढंगले काम हुन सकेन । यसमा सुधार जरुरी छ । यस्तो प्रवृतिले लगानीको वातावरणमा नै असर पर्दछ । अध्यक्ष ढकालले भने । धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी व्यक्त गर्दै अध्यक्ष ढकालले धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीसंग आग्रह गरे । यस्तै उनले कम्पनीको शेयर अभौतिकीकरणमा अन्तरराष्ट्रिय धितोपत्र पहिचानमा सिंगल (आइजिन) नम्बर राख्नु पर्ने बताए ।
यस्तै उनले असल नियतका साथ जेनजी आन्दोलन भए पनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । “ सुशासन, भ्रष्टाचारको, पारदर्शीताको कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि पारित गरेको थियो । जेनजीले पनि पवित्र उद्देश्यबाट आन्दोलन पनि तिनै विषयमा केन्द्रित भएर भएको हो ।
तर आन्दोलनमा गलत तत्वको प्रवेशले तोडफोड, आगजनी र लुटपाट भएको छ । उनले भने , घुसपैठ गर्नेहरुलाई सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने छ । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने छ । ”
उनले सरकारले सुरक्षा दिन नसक्ने हो भने आउने दिनमा आउने दिनमा यस्ता किसिमका घुसपैठहरु हुने र व्यक्ति, व्यवसायीको मनोबल कमजोर हुँदै जाने बताए ।
उनले सरकारले आन्दोलनको क्रममा भएको क्षतिमा व्यवसायीहरुलाई प्रदान गरेको सहुलियत तथा व्यवसाय सहजिकरणका लागि पछिल्ला दिनहरुमा अर्थमन्त्रालयले गरेका कामहरु सकारात्मक र प्रभावकारी रहेको बताएभ । अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा प्रशंसा समेत गरे ।
त्यस्तै उनले भूत प्रवाही कानुनहरुले उद्योगी व्यवसायी बैंक तथा वित्तीय संस्थाहरुले समय समयमा समस्था भोगेको भन्दै यस्ता कानूहरु नल्याउन र भएका कानून कार्यान्वयनमा सहजिकरण गर्नु पर्ने बताउनु भयो । “लगानी प्रोत्साहन गरिएन भाषणमा मात्रै लगानी ल्याउने भनेर लगानी आउँदैन् । लगानीका लागि सहज कानून र त्यसको सहज कार्यान्यन आवश्यक छ ।” उनले भने ।
उनले नेपालमा पूर्वाधार निर्माणमा पूँजी अभाव नहोस भनेर महासंघको पहलमा १० अर्ब रुपैयाँको नेपाल डेभलपमेन्ट कम्पनी स्थापना गरि काम भइरहेको जानकारी दिँदै नेपालमा भएका सम्भावनाको उजागर बताए

