पिपुल्स पावरको विद्युत बिक्री बढेपनि नाफा घट्यो

काठमाडौं । पिपुल्स पावर लिमिटेडले आर्थिक वर्ष २०८२\८३ को पहिलो त्रैमासम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा  घटेको  छ ।

विद्युत बिक्री बढेपनि कम्पनीको नाफा घटेको छ । नाफा घट्नुको कारण कम्पनीको खर्च बढ्नु हो । चालु  आवको तुलनामा  कम्पनीको खर्च १९ प्रतिशतले बढेको छ । गत आवको पहिलो त्रैमासमा कम्पनीको खर्च ९ लाख ७६ हजार रुपैयाँ  थियो भने चालु आवको पहिलो त्रैमासमा कम्पनीको खर्च ३९ लाख ९५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले चालु आवमा ३ करोड १७ लाख ५१ हजार रुपैयाँको विद्युत बिक्री गरेको छ । जुन  गत आवको तुलनामा १६ लाख ६ हजार रुपैयाँ बढी हो । गत आवमा कम्पनीले ३ करोड १ लाख ४५ हजार रुपैयाँको विद्युत बिक्री गरेको थियो ।

कम्पनीको नाफा चालु आवमा १ करोड २६ लाख ५ हाजर रुपैयाँ रहेको छ यो रकम गत आवको तुलनामा ४५ लाख ९५ हजार रुपैयाँले कम हो । गत आवमा कम्पनीले १ करोड ७२ लाख रुपैयाँको नाफा गरेको थियो ।

विवरण अनुसार कम्पनीको प्रति सेयर आम्दानी ५.३२ रुपैयाँ रहेको छ र प्रति सेयर नेटवर्थ १०६.२० रपैयाँ रहेको छ।कम्पनीको चुक्त पूँजा  ९४ करोड ८९ लाख रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार