काठमाडौं । मंगलबार नेप्से परिसूचक ०.६१ प्रतिशतले बढेको छ । बजार २५६६.०७ मा पुगेर बन्द भएको छ । यस दिन ३४५ वटा कम्पनी ५५ हजार २७७ पटकको कारोबार हुँदा ९२ लाख ५५ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । कारोबार रकम भने ४ अर्ब १० करोड ५४ लाख रुपैयाँ पुगेको छ । सोमबार को तुलनामा आज १५ करोड ९४ लाख रुपैयाँले कारोबार रकम बढेको छ। सोमबार कारोबार रकम ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँ थियो ।
मंगलबार सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ०.६६ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६४ प्रतिशतले बढेको छ।
यसदिन सबै उपसमूह बढेका छन् । बैंकिङ ०.३१ प्रतिशत, विकास बैंक १.२५, वित्त ०.८९, होटल्स तथा पर्यटन समूह १.२८, जलविद्युत ०.९३, लगानी १.०३, जीवन बीमा ०.४६, उत्पादन र प्रशोधन ०.२०, लघुवित्त ०.४७, म्युअुचल फण्ड ०.०८ , निर्जीवन बीमा ०.८४, अन्य समूह ०.५३ र व्यापार समूह ०.०९ प्रतिशतले बढेका छन् ।
त्यसैगरी, यसदिन सागर डिस्टिलरी, माबिलुङ्ग इनर्जी, बुङ्गल हाइड्रो, झापा इनर्जी र बन्दिपुर केबलकार १० प्रतिशतले बढोको छ ।

