CLI

शिखर इन्स्योरेन्सको २१ औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २१औँ वार्षिकोत्सवको अवसरमा देशव्यापी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । देशभरी बढ्दो रगतको माग रहेको परीपेक्षमा यस कम्पनीले ७ वटै प्रदेशमा रहेका आफ्ना कार्यालयहरुको अगुवाईमा साताव्यापी रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना गरिएको यस कार्यक्रममा कोशि प्रदेशबाट ५३ युनिट, मधेश प्रदेशबाट १६७ युनिट, बागमती प्रदेशबाट ६३९ युनिट, गण्डकी प्रदेशबाट ७९ युनिट, लुम्बिनी प्रदेशबाट ४३५ युनिट, कर्णाली प्रदेशबाट ४४ युनिट र सुदुरपश्चिम प्रदेशबाट २२ युनिट गरी कुल १४३९ युनिट रगत जम्मा भएको छ ।

Leave Your Comment

Related News