काठमाडौं । ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
कम्पनीले उक्त प्रस्ताव पेश गर्न मंसिर २५ गते स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा वार्षिक साधारण सभा पनि बोलाएको हो । सभा बिहान साढे ९ बजे सुरु हुनेछ ।
सभामा कम्पनीले लाभांश प्रस्ताव पेश गर्नेछ । त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्विकृत गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पेश हुनेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

