एनआईसी एशिया बैंकको प्रमुख सूचना र गुनासो अधिकारी परिवर्तन

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख सूचना अधिकारीमा सहायक प्रमुख कार्यकारी अधिकृत  जयन्द्र रावल र प्रमुख गुनासो अधिकारीमा प्रमुख सञ्चालन अधिकृत कम्पनी सचिव कमल खड्का नियुक्त भएका छन् ।

आज  मंसिर ३ गते देखि लागू हुनेगरी नियुक्त भएका प्रमुख सूचना अधिकारी  जयन्द्र रावललाई मोबाइल नम्बर ९८५१२३१३३२ वा ०१–५९७०१०१ मा सम्पर्क गरी बैंकको आधिकारिक जानकारी तथा सूचनाको प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

साथै, यस बैंकको बैंकिङ्ग सेवा सम्बन्धी कुनै पनि गुनासो भएमा प्रमुख गुनासो अधिकारी  कमल खड्काको मोबाइल नम्बर ९८०१९७७९३६ वा कार्यालयको फोन नम्बर ०१–५९७०१०१ मा सम्पर्क गर्न वा [email protected] इमेल गरी गुनासोको सम्बोधन गर्ने व्यवस्था मिलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार