CLI

जस्तोसुकै अप्ठेरो परिस्थितिमा पनि देश र जनताको पक्षमा काम गर्नुपर्छः अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निष्पक्ष एवम् चुस्तदुरुस्त ढङ्टबाट सेवा प्रवाह गर्न स्थनीय जनप्रतिनिधिहरूलाई निर्देशन दिएका छन् । पार्टीसम्बद्ध स्थानीय विकास विभागद्वारा आज च्यासलमा आयाजित ‘स्थानीय तहका जनप्रतिनिधिको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले निष्पक्ष भई मितव्ययी एवम् पारदर्शीढङ्गबाट यथासक्य छिटो सेवा प्रवाह गरी जनताको विश्वास जित्न अनुरोध गरे ।

शान्तिसुरक्षा र सुशासनको पक्षमा काम गर्दा जस्तोसुकै जटिल परिस्थितिको सामना गर्न तयार हुनुपर्ने बताउँदै उनले सकारात्मक सोचका साथ सदैव देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा जोड दिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाको पुनःस्थापना भएसँगै मुलुकले राजनीतिक निकास पाउने जिकिर गरे । सो अन्तरक्रिया कार्यक्रममा काठमाडौँ उपत्यकाभित्रका स्थानीय तहहरूमा एमाले पार्टीका तर्फबाट निर्वाचित प्रमुख तथा उपप्रमुखसहित वडाध्यक्षहरूको सहभागिता रहेको छ ।

Leave Your Comment

Related News