CLI

सगरमाथा जलविद्युतले बोलायो साधारण सभा, सेयरधनीको हात खाली

काठमाडौं । सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको छ ।कम्पनीले मंसिर २६ गते, शुक्रबार, स्मार्ट दरबार, शंखपार्क, काठमाडौँमा पाँचौ वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभामा कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक निुयक्त गर्ने, संस्थागत जमानी सम्बन्धमा, संस्थागत सुशासन सम्बन्धि प्रतिवेदन स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन ।

Leave Your Comment

Related News