काठमाडौं । साताको अन्तिम दिन बिहेबार नेप्से परिसूचक ०.९३ अकंले घटेको छ । बजार २५६०.१५ मा पुगेर बन्द भएको छ । यस दिन ३२८ वटा कम्पनी ६६ हजार ७९ पटकको कारोबार हुँदा १ करोड ४ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम भने ४ अर्ब ६८ करोड ८८ हजार रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ९१ करोड २ लाखले बदेको छ । बुधबार कारोबार रकम ३ अर्ब ७७ करोड ८६ लाख रुपैयाँ थियो ।
यस दिन ७ वटा उपसमूह घटेका छन् र ५ वटा बढेका छन् । बैंकिङ ०.३४ प्रतिशत, विकास बैंक ०.०८, वित्त ०.७१,लगानी ०.५२, जीवन बीमा ०.६, म्युअुचल फण्ड ०.४१, निर्जीवन बीमा ०.३३ घटेका छन् । होटल्स तथा पर्यटन समूह १.१६, जलविद्युत ०.०९, उत्पादन र प्रशोधन ०.३२, लघुवित्त ०.२७, अन्य समूह ०.३० र व्यापार समूह ०.१७ प्रतिशतले बढेका छन् ।
त्यसैगरी, यसदिन धौलागिरी लघुवित्त, बन्दिपुर केबलकार, झापा इनर्जी, सागर डिस्टिलरी १० प्रतिशतले बढोको छ । सिन्धु विकास बैंक ९.६० प्रतिशतले बढेको छ ।
कारोबार रकमका आधारमा यस दिन साहस उर्जा पहेलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४१ करोड ८० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।

