सुनको भाउ प्रतितोला १३ सय रुपैयाँले घट्यो, चाँदीको कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १३ सय रुपैयाँले घटेको हो । आज सुन तोलामा २ लाख ४१ हजार ७ सय रुपैयाँ कायम भएको छ । बिहीबार सुनको भाउ तोलामा २ लाख ४३ हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको भाउ तोलामा ८५ रुपैयाँले घटेको हो । आज चाँदी तोलामा ३१ सय रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार