काठमाडौं । मंसिर महिना विवाहको लगन हुने गरेको अवस्थामा सुनचाँदीको मूल्य बढेको छ । नेपाली बजारमा आज आइतबार सुन तोलामा २ हजार ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँ कायम भएको छ ।
यता, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । आइतबार चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँ कायम भएको छ ।

