आशा लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । राष्ट्र बैंकले स्वीकृति प्रदान गरेसँगै कम्पनीले आगामी वार्षिक साधारण सभामार्फत लाभांश पारित गर्ने बाटो खुला भएको छ ।

साधारण सभाको मिति भने तय हुन बाँकी छ । कम्पनीले यस वर्ष हालसम्मकै कम लाभांश प्रस्ताव गरेको छ । विगतका वर्षहरुमा अधिकतम २६ दशमलव ३२ प्रतिशत र न्यूनतम १२ दशमलव ६३ प्रतिशतसम्म लाभांश वितरण गरेको यस कम्पनीले यो वर्ष भने कुल १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

यस कम्पनीले हालसम्मकै सर्वाधिक २६ दशमलव ३२ प्रतिशत लाभांश आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गरेको थियो । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ०८१/८२ को मुनाफाबाट हाल कायम चुक्तापूँजी ७३ करोड ३० लाख ४६ हजार रुपैयाँको आधारमा ९ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार