CLI

आईसीएफसी फाइनान्सले बोलायो साधारणसभा , १० प्रतिशत लाभांशका लागि बुक क्लोज कहिले ?

काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लाभांश लगायतका प्रस्ताव पारित गर्न आगामी मंसिर २९ गते साधारण सभा आयोजना गर्ने भएको छ । मंसिर ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो ।

फाइनान्सको साधारण सभा मंसिर २९ गते, सोमबार, बौद्ध हेरिटेज, बौद्ध पिपलबोट, काठमाडौँमा बिहान १० बजे शुरु हुनेछ। सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित १५.७८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।

यस्तै सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने गत आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण र सोसँग सम्बन्धीत अनुसूचिहरु लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आव २०८२/८३ को लेखा परीक्षणका लागि लेखा परीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरु मात्रै कम्पनीद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

Leave Your Comment

Related News