१ हजार ९०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा सोमबार सुन तोलामा १ हजार ९०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७०० रुपैयाँ तोकिएको छ ।
आइतबार भने सुन प्रतितोला २ लाख ४४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ११५ रुपैयाँ तोकिएको छ । आइतबार भने चाँदी प्रतितोला ३ हजार १३५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार