CLI

जेन-जी मुभमेन्टले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा

काठमाडौं । जेन्जी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेको छ । जेन–जी विद्रोहको भावना तथा जनआकांक्षमाथि कुठाराघात गरेको भन्दै जेन– जी मुभमेँन्टले प्रधानमन्त्री कार्कीको राजीनामा मागेको हो । जेन–जी मुभमेन्टले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद्लाई सार्वजनिक रुपमा बहिस्कार गर्दै अवज्ञा गर्न पनि देशबासीसँग आह्वान गरेको छ ।

‘हामी सुशीला कार्कीलाई तत्काल पदबाट राजीनामा दिन र जेन–जी विद्रोहको भावना तथा जनआकांक्षामाथि कुठाराघात नगर्न दृढ आह्वान गर्दछौं । सत्ता ‘कु’ गरेर बनेको सुशीला कार्की र उनको मन्त्रीपरिषद्लाई सार्वजनिक रूपमा बहिष्कार गर्दै अवज्ञा गर्न समग्र देशवासीलाई आह्वान गर्दछौं,’– जेन–जी मुभमेन्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

जेन्जी मुभमेन्ट नेपालले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै ऊर्जामन्त्री कुलमान घिसिङले भारतसँग गरेको विद्युत् सम्झौताबाट ४३ करोड रुपैयाँ बराबरको आर्थिक नोक्सानी भएको, अर्थमन्त्री रामेश्वर खनालले डोल्मा नामक कम्पनीलाई गैरकानुनी कर छुट दिएको, महान्यायाधिवक्ता सबिता भण्डारी डिम्ब तस्करी प्रकरणमा मुछिएको, गृहमन्त्री ओमप्रकाश अर्यालले काका नाता पर्नेलाई सशस्त्र प्रहरीको डीआईजी बनाउन दरबन्दी थपेको र प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले आफ्नन्तलाई सचिवालयमा नियुक्त गरेको आरो लगाएको छ ।

प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा यी सबै कार्य ‘प्रधानमन्त्रीको प्रत्यक्ष संलग्नता र संरक्षणविना सम्भव नहुने’ भन्दै राजीनामा माग गरिएको छ ।

Leave Your Comment

Related News