काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो ।
मुख्यसचिव एकनारायण अर्याल मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जाँदै छन्। त्यसअघि नै नयाँ मुख्यसचिवमा अर्का अर्याललाई नियुक्त गरिएको हो ।

