काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य ५ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भइरेहको छ । सोमबार सुन प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ रहेको थियो ।
यसदिन, चाँदीको मूल्य ८५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २ सय रुपैयाँमा खरिदबिक्री भइरेहेको छ। सोमबार चाँदी प्रतितोला ३ हजार १ सय १५ रुपैयाँ थियो ।


