काठमाडौं । मंगलबार नेप्से परिसूचक ५.३२ अंकले बढेको छ । बजार २६५५.९९ मा पुगेर बन्द भएको छ । यस दिन ३१८ वटा कम्पनी १ लाख २ हजार पटक कारोबार हुँदा १ करोड १९ लाख ७६ हजार कित्त सेयर खरिदबिक्री भएको छ । त्यसैगरी कारोबार रकम ५ अर्ब ८२ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो रकम सोमबारको तुलनामा १ अर्ब २१ करोड २४ लाखले कम हो । सोमबार करोबार रकम ७ अर्ब ३ करोड ५४ लाख रुपैयाँ थियो ।
यस दिन ९ वटा उपसमूह बढेका छन् र ४ वटा घटेका छन् । बैंकिङ ०.१९ प्रतिशत, वित्त ०.०२, होटल्स तथा पर्यटन समूह १.४०, जलविद्युत ०.१९, लगानी ०.२३, उत्पादन र प्रशोधन १.३०,लघुवित्त ०.०४ ,निर्जीवन बीमा ०.६५ र अन्य समूह ०.४९ प्रतिशतले बढेका छन् । विकास बैंक ०.२४, जीवन बीमा ०.३०, म्युअुचल फण्ड ०.३४ र अन्य समूह १.३३ प्रतिशतले घटेका छन् ।
त्यसै गरी यस दिन झापा इनर्जी, सागर डिस्टिलरी र श्रीनगर एग्रीटेक १० प्रतिशतले बढेका छन् । स्वस्तिक लघुवित्त ९.२३ र बन्दिपुर केबलकार ७.२३ प्रतिशतले बढेका छन् । कारोबार रकमका आधारमा यस दिन बन्दीपुर केबलकार एण्ड टुरिजम पहिलो स्थानमा रहेको छ । यो कम्पनीको २६ करोड ९९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

