काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य ९ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँम कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ रहेको थियो।
यसदिन, चाँदीको मूल्य २० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २ सय २० रुपौयाँमा खरिदबिक्री भइरहेको छ । मंगलबार चाँदी प्रतितोला ३ हजार २ सय रुपैयाँ थियो ।

