काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।बुधबार सुन प्रतितोला २ लाख ४८ हजार ८ सय रुपैयाँ थियो ।
यसदिन चाँदीको मूल्य ६० रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैयाँमा खरिदबीक्री भइरहेको छ । बुधबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ थियो ।

