सक्रियता, समर्पण र विश्वास, बीमा क्षेत्रमै सफलताको शिखर चुमेकी अभिकर्ता ममता

सानिमा रिलायन्सकी ममता मिश्र : शिक्षणसँगै बीमामा असाधारण पहिचान बनाउन सफल अभिकर्ता

काठमाडौं। चितवन खैरेनीटारकी ममता मिश्र पेसाले शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि उनले निजी स्कुलमा वर्षौँ शिक्षण गरिन्। शिक्षणप्रति गहिरो रुची भएकी ममताको निजी स्कुलमा पढाउदा खासै आकर्षक पारिश्रमिक भने थिएन। यसै क्रममा दिदि कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ मोड लियो, बीमा अभिकर्ताको रूपमा।

कविताले ‘तिम्रो स्कुलमा विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध हुन्छ, अभिकर्ता पेशा तिम्रो लागि एकदमै उपयुक्त हुन्छ’ भनेर दिएको सल्लाहले उनलाई निकै छोयो। दिदिको मार्गदर्शनअनुसार उनले तत्कालीन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् र अभिभावकका घर–घर धाउन थालिन्। विद्यार्थीको भविष्य सुरक्षित गर्न चाहने अभिभावकहरूलाई प्रत्यक्ष भेटेर बुझाउँदा उनका प्रस्तावहरू अस्वीकार हुने प्रश्न नै आएन।

यसै सक्रियताले उनि सानिमा रिलायन्समा सबैभन्दा धेरै बीमा पोलिसी बिक्री गर्ने अभिकर्तामध्ये पर्न सफल भइन्। काम सुरु गरेको पहिलो महिनामै उनी एजेन्सी म्यानेजरमा नियुक्त भइन्। स्नातक तहसम्म अध्ययन पूरा गरेकी ममता निजी विद्यालयमा लामो समय काम गरिन्। अहिले भने उनि एउटा सरकारी स्कुलमा पढाउदै आइरहेकी छिन्।

२०७७ देखि निरन्तर सफलताको यात्रा अभिकर्ता बनेको पहिलो वर्षमै २०७७ मा उनी कम्पनीबाट विभिन्न अवार्ड जित्न सफल भइन्। “मैले २०७७ सालमै पहिलो एजेन्सी म्यानेजर अवार्ड पाएँ,” उनी गौरवका साथ सम्झन्छिन्। ममताको दिनचर्या व्यस्त छ। उनी महिनामा कम्तीमा ६/७ जनाको बीमा गराउँछिन्। शिक्षक भएकै कारण उनि प्रति अभिभावकको विश्वास बलियो छ।

उनमा कहिल्यै पनि ठुला ठुला बीमा गराएर कम्पनीले दिने ठुला ठुला टार्गेट पुरा गर्ने महत्वकांक्षा पलाएन। १० हजार नै प्रिमियम किन नहोस् पछ्याउन छाड्दिनन्। अभिकर्ता पेशाबाट हुने सानो सानो आम्दानीले पनि उनलाई सन्तुष्ट बनाउछ। उनको ध्यान प्रिमियम बढाउन भन्दा पनि ‘कसरी हुन्छ धेरै परिवारले बीमा सुरक्षामा जोड दिने’ भन्नेमा
हुन्छ। विद्यार्थीलाई केन्द्रमा राख्ने भएकाले उनका धेरै पोलिसी साना–साना प्रिमियमका हुन्छन्। तर, संख्यामा भने उनी कहिल्यै पछाडि परिनन्। उनका कुनै वर्षमा पनि ५० भन्दा कम पोलिसी जारी भएको अनुभव छैन।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार