काठमाडौं । बिहीबार नेप्से परिसूचक १०.४३ अंकले बढेको छ । बाजर २६७६.०३ बढेको छ । यस दिन ३३३ वटा कम्पनी ८६ हजार १ सय ७० पटकको कारोबा हुँदा १ करोड ४६ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबार रकम भने ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँ पुगेको छ। यो रकम बुधबारको तुलनामा ३ करोड ६ लाखले कम हो । बुधबार कारोबार रकम ६ अर्ब ६९ करोड २९ लाख रुपैयाँ थियो।
८ वटा उपसमूह बढेका छन् र ५ वटा घटेका छन् ।बैंकिङ १.४७ प्रतिशत, विकास बैंक ०.१७, होटल्स तथा पर्यटन समूह ०.३३, जलबद्युत ०.०१,लगानी ०.७२, जीवन बीमा ०.१४, म्युअुचल फण्ड ०.७८ र निर्जीवन बीमा ०.०८ प्रतिशतले बढेका छन्। वित्त ०.३८, उत्पादन र प्रशोधन ०.२६, लघुवित्त ०.३५ र अन्य समूह ०.०५ प्रतिशतले घटेका छन्।
यस दिन सागर डिस्टिलरी , स्वस्तिक लघुवित्त, झापा इनर्जी श्रीनगर एग्रीटेक १० प्रतिशतले बढेका छन् । एनआरएन इन्फ्रास्ट्रक्चर ९.६२ प्रतिशतले बढेको छ ।
त्यसै गरी रकमको आधरमा यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट पहिलो स्थानमा रहेको छ। यस कम्पनीको ४० करोड १७ लाख ७१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

