कृष्णबहादुर महरालाई २० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं । भेपमार्फत सुन तस्करीमा दोस्रोपटक पक्राउ परेका कृष्णबहादुर महरालाई उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार (मंसिर ११) उच्च अदालत पाटनका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको इजलासले महारामाथिको आरोप र उनको उमेर समेत विचार गरी धरौटीमा छाड्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार