नियमित योगदानकर्ता भाटभटेनीसहित विभिन्न प्रतिनिधि सम्मानित

काठमाडौं । श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरी नियमित योगदान गरेबापत भाटभटेनीसहित सहित विभिन्न संस्थाका प्रतिनिधिलाई सरकारले सम्मान गरेको छ ।

सामाजिक सुरक्षा दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले गुरुङलाई सम्मानपत्र दिएकी हुन् ।

कोषमा सुचीकृत भई आर्थिक बर्ष २०८१–८२ मा थोक तथा खुद्रा व्यापारसम्वन्धी क्षेत्रबाट नियमितसहितको सबैभन्दा बढी योगदानकर्ता आवद्धता र मासिक योगदान रकम जम्मा गर्ने रोजगारदाता बनेकोमा भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोर प्राइभेट लिमिटेडलाई सम्मान गरिएको हो ।

सम्मान समारोहमा प्रधानमन्त्री कार्कीले सामाजिक सुरक्षा कोषको योगदानलाई शानका रुपमा लिन निजी क्षेत्रलाई आग्रह गरेकी थिइन् ।

‘म निजी क्षेत्रलाई पनि आग्रह गर्न चाहन्छु कि आफ्ना श्रमिक(कर्मचारीहरुको सामाजिक सुरक्षालाई बोझको रुपमा नलिऊँ, यसलाई शानको रुपमा लिऊँ’ उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार