५ कम्पनीको बोनस सेयरमा मूल्य समायोजन, कुनको कति ?

काठमाडौं । कृषि विकास बैंक, बरुण हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, ङादी पावर र शाइन रेसुंगा डेभलपमेन्ट बैंकको बोनस सेयरमा मूल्य समायोजना भएको छ । नेप्सेका अनुसार कृषि विकास बैंकको ३.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको हो । बिहीबारको अन्तिम कारोबार मूल्य ३२८.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात सेयर भाउ ३१८.५५ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, बरुण हाइड्रोपावरको ४.७५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजना भएको छ । बिहीबार अन्तिम कारोबार मूल्य ३५३.९० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोचना पश्चात सेयर भाउ ३३७.८५ रुपैयाँ कायम भएको छ ।

यता, सर्वोत्तम सिमेन्टको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ८७०.३८ रुपैयाँ कायम भएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य ९१३.९० रुपैयाँ आधार मानेर मूल्य समायोजन गरिएको हो ।  त्यसैगरी, ङादी पावरको ५ प्रतिशत बोनस सेयरमा भाउ समायोजन हुँदा मूल्य ३७९.५७ रुपैयाँ कायम भएको छ ।

यता, शाइन रेसुंगाको ३ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन हुँदा भाउ ४११.६५ रुपैयाँ कायम भएको छ । आइतबार समायोजित भाउलाई आधार मानेर कारोबार खुला हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार