एनएमबि बैंकको अनलाइन पेमेन्ट गेटवेको लागि एनसीएचएलसँग सहकार्य

काठमाडौं । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) संगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सुचारु गर्ने भएको छ । पेमेन्ट गेटवेको सुविधा मार्फत बैंकले फिजिकल मर्चेन्ट जस्तै अन्लाईन मर्चेन्ट पनि acquire गरी उक्त बैंकका अन्लाईन मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तराष्ट्रिय बैंकहरुबाट जारी गरिएको VISA / MasterCard मार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बैंकले नेपालमा ईकमर्स ट्रान्जेक्सनलाई प्रवद्र्धन गर्ने उद्देश्यले अनलाइन पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको हो । यस पेमेन्ट गेटवेले  3D Secure प्रविधि प्रयोग गरी ग्राहकका कार्ड भुक्तानीहरूलाई थप सुरक्षित बनाउनुका साथै अनाधिकृत कारोबारको जोखिम पनि न्यूनीकरण गर्दछ ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय पेमेन्टहरू सपोर्ट गर्ने भएकोले उक्त पेमेन्ट गेटवेले मर्चेन्टहरुलाई आफ्नो व्यवसायको दायरा विस्तार गर्न थप सहज हुनेछ । अनलाइन वा ई–कमर्समा आधारित मर्चेन्टहरुले उक्त पेमेन्ट गेटवेमा आवद्ध हुन बैंकसँग सम्पर्क राखी आवश्यक प्रकृया र प्राविधिक व्यवस्था गरे पश्चात् उक्त सेवा आफ्नो पोर्टलमा इन्टिग्रेट गर्न सक्नेछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार