२२ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँ थियो ।

यसदिन चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ । बजारमा चाँदी प्रतितोला ३ हजार ३ सय ४५ रुपैयाँ मा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २ सय ८० रुपैया थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार