CLI

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा ५० प्रतिशतसम्म छुट

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई कान्ति आरोग्य अस्पतालमा उपचारसेवा लिदा ५०% सम्म छुट प्राप्त हुने भएको छ । अस्पतालमा डाक्टर परामर्शमा ५० % छुट हुनेछ भने ल्यावटेस्ट तथा एक्स–रे मा ३० %, बेड चार्जमा २० %, अपरेसन, भिडियो एक्स–रे र औषधिमा १० % छुट हुने भएको हो ।

उक्त छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले कम्पनीको मोबाइल एप (IME LIFE Mobile app) मा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन भने, अभिकर्ता तथा कर्मचारीले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरि उक्त छुट सुविधाको लाभ लिन सक्नेछन् । 

Leave Your Comment

Related News