एनपीएलमा आज पनि दुई खेल हुँदै, जनकपुर र सुदूरपश्चिम तथा लुम्बिनी र पोखरा भिड्दै 

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आज पनि दुई खेल हुँदैछन् ।  त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला हुने खेलमा आज लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स तथा साविक विजेता जनकपुर बोल्ट्स र उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन् ।

आजको पहिलो खेलमा ११ः४५ बजे लुम्बिनी र पोखरा भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर र उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराले तीन खेलबाट एक खेल मात्रै जितेको छ । लुम्बिनी अङ्क तालिकाको सातौँ र पोखरा छैटौँ स्थानमा छ । प्लेअफको सम्भावना जीवितै राख्न दुवै टोलीलाई यो खेल जित्नुपर्ने अवस्था छ ।

यस्तै अपराह्न हुने दोस्रो खेलमा जनकपुरले सुदूरपश्चिमको सामना गर्नेछ । तीन खेल खेलेर अङ्कविहीन जनकपुर आज जित निकाल्दै अंक जोड्ने लक्ष्यमा रहेन् छ । अङ्कतालिकाको पुछारमा रहेको जनकपुरले यो खेलमा पराजित भएको खण्डमा प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ । यता अपराजित रहेको सुदूरपश्चिम भने चारवटै खेल जितेर अंक तालिकाको शिर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार