CLI

  होटेल ‘हायात प्लेस बुटवल’ को औपचारिक सेवा सुरु

काठमाडौं ।  हायात ब्रान्डको तेस्रो होटेल ‘हायात प्लेस बुटवल’ ले औपचारिक रुपमा सेवा सुरु गरेको छ । यो  होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइ-फाइ तथा २४ सै घण्टा खानाका परिकार सुविधा रहेको होटल व्यवस्थापनले जनाएको छ ।

होटेलमा किंग र ट्विन रुमहरू, फरेस्ट भ्यू र हिल भ्यू विकल्पहरू सहित ३०० देखि ७७५ वर्ग फिट (२८ देखि ७२ वर्ग मिटर) सम्मका विभिन्न श्रेणीका कोठाहरू र फराकिला सुइटहरू उपलब्ध छन्

“हामी हाम्रा पाहुनाहरूको अपेक्षाभन्दा माथि उठेर उत्कृष्ट आतिथ्य अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ,” हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगरले भने, “हाम्रा विशेष रूपमा डिजाइन गरिएका कोठाहरू, विविध खानपानका विकल्पहरू र फराकिला कार्यक्रम स्थलहरूले गर्दा हामी बिजनेस र लेजर दुवैखाले यात्रुहरूका लागि आदर्श गन्तव्य बनेका छौँ। पाहुनाहरू यहाँ काम गर्न, थकान मेटाउन, सम्मेलनमा भाग लिन वा विशेष अवसर मनाउन आउनुभएको होस्, हामी हरेक मोडमा सुविधा र आरामको मिलन हुने गरी स्वागतयोग्य वातावरण सिर्जना गर्न प्रयासरत छौँ। हाम्रो समर्पित टिम व्यक्तिगत सेवा प्रदान गर्न र हरेक बसाइलाई यादगार बनाउन उत्साहित छ, जसले बुटवलको मुटुमा एक प्रमुख रोजाइको रूपमा हाम्रो पहिचानलाई अझ बलियो बनाउनेछ।”

हायात प्लेस बुटवलका विशेषताहरू:

  • सुत्ने, काम गर्ने र रमाइलो गर्ने छुट्टाछुट्टै स्थान (zone) सहितका १०९ फराकिला गेस्टरुमहरू, जसमा ‘कोजी कर्नर’ सोफा-स्लिपर बेड समेत रहेको छ।
  • सबै पाहुनाहरूको आवश्यकता अनुसार तातो र चिसो परिकारहरू समावेश गरिएको निःशुल्क ब्रेकफास्ट।
  • दिन वा रात जुनसुकै समयमा ताजा खाना वा खाजा पाइने ‘द मार्केट’।
  • विशेष कफी, प्रिमियम बियर, वाइन र ककटेलहरू पाइने ‘जिङ बार’।
  • पाहुनाहरूले केही सामान ल्याउन बिर्सेमा किन्न, सापटी लिन वा निःशुल्क प्रयोग गर्न मिल्ने ‘नेसेसिटिज’ कार्यक्रम।
  • होटेल र कोठाहरूमा निःशुल्क वाइ-फाइ।
  • पारिवारिक वातावरण प्रदान गर्ने स्थानहरू जस्तै: आउटडोर स्विमिङ पुल, फिटनेस सेन्टर, स्पा र बालबालिका खेल्ने क्षेत्र (किड्स प्ले एरिया)।

 

 

Leave Your Comment

Related News