एनआरएनए जस्तै दलभित्र पनि मेलमिलाप आवश्यक छ : प्रधानमन्त्री कार्की

काठमाडौं ।  गैरआवासी नेपाली संघ (एनआरएनए) को एकता घोषणा गरिएको छ।

आइतबार बिहान प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा संघको एकता घोषणा गरिएको हो।

एनआरएनए को एकता घोषणा सभालाई सम्बोधन गर्दै  प्रधानमन्त्री कार्कीले राजनीतिक दलभित्र पनि मेलमिलापको आवश्यकता रहेको बताएकी छन् ।  प्रधानमन्त्री कार्कीले सङ्कटका बेला एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद दिँदै यस्तो बताएकी हुन् ।

‘यहाँहरूको बलियो उपस्थिति भयो । एक हुनुभयो’, उनले भनिन्, ‘तपाईँहरू आफ्नै परिवारको सदस्य हो ।’

एनआरएनएहरू विदेशमा बसेपनि यहाँको राजनीति र राजनीतिक पार्टीबारे जानकार रहेको भन्दै प्रधानमन्त्री कार्कीले पदकै लागि पार्टीहरूमा छिनाझपटी आपसमा चलिरहेको बताएकी हुन् ।

‘कमसेकम तपाईँहरू मिलेजस्तो दलमा पनि मेलमिलाप चाहिएको छ’, उनले भनिन्, ‘दल दलबिचमा पनि मेलमिलाप र दलभित्र पनि मेलमिलापको आवश्यकता छ ।’

उनले नेता नेता फुटेको र चिरा परेजस्तो देखिएको भन्दै दलहरूबिच पानी बराबरको जस्तो अवस्थाले मुलुक नचल्ने बताइन् । उनले एनआरएको एकताबाट दलहरूले पनि सिक्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले एनआरएनएबारे नागरिकताको चासो रहेकोबारे सकेसम्म आफूले प्रयास गर्ने आश्वासन दिइन् ।

१०औँ महाधिवेशनबाट सुरु भएको सदस्यतासम्बन्धी विवादले संघ विभाजन भएको थियो।

एकतापछि १०औँ र ११औँ महाधिवेशनमा निर्वाचित दुवैतिरका समितिलाई मान्यता दिने, १२औँ महाविधेशन गर्न अध्यक्ष केसी र श्रेष्ठ रहेको स्टेयरिङ कमिटी गठन गर्ने, अदालतमा दुवै पक्षले गरेका मुद्दामामिला फिर्ता गर्ने, सदस्यता वितरणका लागि समय थप गर्नेलगायतका सहमति भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार