१ वर्षमा ३३ कम्पनीको ‘लकइन’ खुल्दै, कुनको कहिले ?  

काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये ३३ वटाको ‘लक इन’ अवधि १ वर्षभन्दा कम समयमा सकिंदैछ । तथ्यांक अनुसार ३३ मध्ये २७ वटा हाइड्रोपावर कम्पनीहरुको लकइन ३६५ दिन भन्दा कम समयमा सकिंदैछ । त्यसैगरी, ३ वटा सिमेन्ट साथै, होटल्स तथा पर्यटन, लगानी र अन्य समूहको एक-एक वटा कम्पनीको लक इन खुल्दैछ ।

हालको व्यवस्था अनुसार कुनै पनि कम्पनीले सर्वसाधारणलाई आइपीओ बाँडफाँट गरेको मितिदेखि ३ वर्षको लक–इन अवधि लागू हुने गरेको छ । संस्थापक सेयर, स्थानीय र कर्मचारीलाई छुट्याइएको सेयरमा ३ वर्षे लक–इन अवधि अनिवार्य रुपमा लागू हुन्छ । यस व्यवस्थाको मुख्य उद्देश्य कम्पनी स्थापना र निर्माणका प्रारम्भिक चरणमा संलग्न व्यक्तिहरुले तत्काल आफ्नो हिस्सेदारी बिक्री गरी बजारमा अनावश्यक उतार–चढाव निम्त्याउन नदिने हो ।

सूची अनुसार बाराही हाइड्रोपावरको लक इन आगामी पुस ३ गते सकिंदैछ । त्यसैगरी, सुपर मादीको माघ २१ गते, माया खोलाको माघ २४ गते र सुपर माईको लक इन फागुन ५ गते समाप्त हुँदैछ । ६ वटा कम्पनीको लक इन १०० दिन भित्र सकिंदैछ । लक इन समाप्त भएपछि स्थानिय, संस्थापक सेयरधनी र कर्मचारीलाई वितरण गरिएको सेयर कारोबार योग्य हुनेछन् ।

लक इन खुलेपछि बजारमा सेयरको सप्लाई बढ्छ । लक इन खुल्ने वित्तीकै केही कम्पनीको सेयर भाउमा उच्च गिरावट आएको देखिएको पनि छ । तर, स्थानीर र संस्थापकहरुले सेयर बिक्री गरेरनन् भने कम्पनीको सेयर भाउमा खासै ठूलो उतार चढाव आउँदैन ।

१०० दिन भित्र लकइन खुल्ने कम्पनीहरुको सूची 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार