काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत २६ अर्ब ४ करोड ५० लाख रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सोमबार उक्त रकम बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । कार्यालयले ६ अर्ब ४ करोड ५० लाख रुपैयाँ बराबरको ९१ दिने, १५ अर्ब रुपैयाँ बराबरको १८२ दिने र ५ अर्ब रुपैयाँ बराबरको ३६४ दिने ट्रेजरी बिल नवीकरण गर्न लागेको हो ।
कार्यालयका अनुसार ९१ दिने ट्रेजरी बिल फागुन १९ गते, १८२ दिने ट्रेजरी २०८३ जेठ १९ गते र ३६४ दिने ट्रेजरी बिल २०८३ मंसिर १५ गते परिपक्क हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले मंसिर १५ गते दिउँसो २ बजेसम्म ट्रेजरी खरिदका लागि आवेदन दिन सक्नेछन् । यसको मंगलबार बाँडफाँट हुनेछ ।

