काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य बढेको छ। सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार सोमबार सुन प्रतितोला २ लाख ५३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, सोमबार चाँदी प्रतितोला ३ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य हालसम्मकै उच्च हो । आइतबार चाँदी तोलाको ३ हजार ४९० रुपैयाँमा कारोबार भएको थियो ।

