संस्थागत निक्षेपकर्ताले पनि अब व्यक्तिगत मुद्दती निक्षेपकै सरह ब्याज पाउने

काठमाडौं ।  संस्थागत मुद्दती निक्षेपमा पनि अब व्यक्तिगत मुद्दती निक्षेप सरह नै ब्याज दिन पाउने व्यवस्था गरिएको छ।

मौद्रिक नीति २०८१/८२ को पहिलो त्रैमासिक समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले संस्थागत निक्षेपकर्तालाई सहज हुने गरी नयाँ व्यवस्था गरेको हो।

हाल संस्थागत मुद्दती निक्षेपकर्ताहरुले व्यक्तिगत मुद्दती निक्षेपकर्ताले पाउने ब्याजभन्दा १ प्रतिशतले कम ब्याज पाउँदै आएका थिए।

राष्ट्र बैंकले उक्त व्यवस्थालाई खारेज गरेर संस्थागतले पनि व्यक्तिगतसरह नै ब्याज पाउनसक्ने बाटो खोलिदिएको हो ।

यद्यपि बैंकहरूले अधिक तरलताका कारण संस्थागत मुद्दती लिन आनकानी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार