काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार घटेको छ । सोमबार नेप्से परिसूचक ४.२८ अंकले घटेर २६४५.२४ विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.७२ अंकले घटेर ४५५.२६ विन्दुमा पुगेर बन्द भएको छ । आइतबार नेप्से सूचक २६.५१ अंकले घटेको हो ।
त्यस्तै फोल्ट इन्डेक्स ०.४७ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७६ अंकले घटेको हो ।
सोमबार ३२५ वटा कम्पनीको ६० हजार ६२० पटक धितोपत्र कारोबार हुँदा १ करोड ८ लाख ६० हजार ८२८ कित्ता शेयर खरीद बिक्री भएको छ । करोबार रकम भने ४ अर्ब ७१ करोड ६३ लाख पुगेको छ । जुन आइतबारको तुलनामा २ अर्ब ३६ करोड ९१ लाखले कम हो ।
सोमबार १२४ वटा कम्पनीको शेयर मूल्य बढ्दा १२६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै ५ वटा समूह बढ्दा ८ वटा समूह घटेको छ । विकास बैंक १४, वित्त २१, जलविद्युत ८, उत्पादन र प्रशोधन २५ र लघुवित्त ३० अंकले बढ्दा बैंकिङ ९, होटल र पर्यटन ३, जीवन बीमा ७०, म्युअुचल फण्ड ०.०३, निर्जीवन बीमा १, व्यापार ४ र अन्य समूह ४ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । युनाइटेड मोदी हाइड्रोपावरको २७ करोड १० लाख बराबर कारोबार भएको छ । त्यसपछि हिमालयन रिइन्स्योरेन्स १५ करोड ३८ लाख, बन्दुपर केबलकारको १४ करोड ६७ लाख, नेपाल रिइन्स्योरेन्सको १३ करोड ५४ लाख र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्टको १२ करोड ६९ लाख बराबर कारोबार भएको छ ।

