काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ तोला सुनको मूल्य २ लाख ५३ हजार ३०० कायम भएको छ । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ६०० रहेको थियो । यता, चाँदीको भाउ भने बढेर तोलामा ३ हजार ५४५ निर्धारण भएको छ । सोमबार भने एक तोला चाँदी ३ हजार ५३५ रुपैयाँमा कारोबार भएको थियो ।
सुनको भाउ प्रतितोला ३०० रुपैयाँ घट्यो


