CLI

महाधिवेशनका लागि समय कम भयो : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्।

मंगलबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना समय आवश्यक पर्ने बताए।

कोइरालाले भने, ‘समय कम भयो। महाधिवेन पुसमा सम्भव भएन भने निर्वाचनपछि हुन्छ।’ उनले पार्टीले पुसमा गर्ने निर्णय गरेको भए पनि हुन्छ या हुन्न भन्नेमा टुङ्गो नभएको बताए।

यद्दपि सबै महाधिवेशनको तयारीमा जुट्नुपर्ने उनको भनाइ छ। जेनजीलाई समेत महाधिवेशनमा समेटेर लैजानुपर्ने उनले बताए। महाधिवेशनमा उम्मेद्वारीका सम्बन्धमा उनले भने, ‘सभापतिका लागि लड्ने भनेको थिएँ। शेखर दाई हुनुहुन्छ। उहाँ पनि इच्छुक हुनुहुन्छ। कुरा भइरहेको छ। दुईजनामध्ये एक जना लड्छौँ।’

Leave Your Comment

Related News