आज पनि घट्यो नेप्से, साढे २३ करोडले घट्यो कारोबार रकम

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार घटेको छ । आइतबार देखिन निरन्तर घटेको शशेयरर बजार आज मंगलबार पनि घटेको हो मंगलबार नेप्से परिसूचक ०.५३ अंकले घटेर २६४४.७० विन्दुमा पुगेर बन्द भएको छ । भने सेन्सेटिभ इन्डेक्स १.२६ अंकले घटेर ४१९५.२४ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.०८ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.३८ अंकले घटेको हो ।

मंगलबार ३२४ वटा कम्पनीको ५६ हजार ९ पटक धितोपत्र कारोबार हुँदा खरीद बिक्री भएको छ । करोबार रकम भने ४ अर्ब ४८ करोड १३ लाख पुगेको छ । जुन सोमबारको तुलनामा २३ करोड ५० लाखले कम हो ।
सोमबार करोबार रकम भने ४ अर्ब ७१ करोड ६३ लाख पुगेको थियो ।

मंगलबार १२५ वटा कम्पनीको शेयर मूल्य बढ्दा ११९ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने १३ वटा कम्पनीको शेयर स्थिर रहेको छ ।
यस दिन सबै ८ वटा समूह बढ्दा ५ वटा समूह घटेको छ । विकास बैंक ९, वित्त ६, जलविद्युत २४, उत्पादन र प्रशोधन ४, म्युअुचल फण्ड ०.०५, निर्जीवन बीमा २९, व्यापार २९ र अन्य समूह २९ अंकले बढेको हो । बैंकिङ ८, होटल र पर्यटन ४४, लगानी ०.०४, जीवन बीमा ७७ र लघुवित्त ३३ अंकले घटेको हो ।
यस दिन सर्वाधिक कारोबार हुनेमा युनाइटेड मोदी हाइड्रोपावर रहेको छ । युनाइटेड मोदी हाइड्रोपावरको ३१ करोड ८१ लाख बराबर कारोबार भएको छ । त्यसपछि माउन्टेन इनर्जीको २२ करोड ९४ लाख, ङादी गुप्रको १६ करोड १६ लाख, ग्रीन भेन्र्चसकको ११ करोड ११ लाख र युााइटेड मोदीको १ करोड ६ लाख बराबार करोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार