काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको बोनस सेयर सूचीकृत भएको छ । माछापुच्छ्रे बैंकको ४६ लाख ४८ हजार ५४३ कित्ता सेयर सूचीकृत भएको हो । बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही सेयर सूचीखृत भएको हो ।
त्यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बैंकले सेयरधनीलाई वितरण गरेको ५.७५ प्रतिशत बोनस सूचीकृत गरिएको हो ।

